Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अमलाटाकुरामा आगलागीबाट दुई घरसहित अन्नपात र फलफूल खेतीमा क्षती

बुधबार, वैशाख १९, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -४ अमलाटाकुरामा आगलागी हुँदा घरसहित अन्नपात, कुखुरा र फलफूलका बिरुवामा क्षती भएको छ । 

मंगलबार भएकाे आगलागीको कारण स्थानीय भद्रबहादुर बुढा र छविलाल बुढाको घर जलेर नष्ट भएको हो । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार आगलागीका कारण दुई तले, चार कोठा भएका घर जलेका छन् । 

यसैगरी आगलागीबाट भद्रबहादुर बुढाको ४० वटा कुखुरा, ५ क्विन्टल बेसार, ३ क्विन्टल अदुवामा क्षती पुगेको छ भने ४५० वटा भन्दा बढी व्यवसायिक खेती गरेका बोटविरुवा जलेका छन् । २ सय आँपका बोट, २ सय सुन्तलाका बोट , ५० वटा किवीका बोटबिरुवा जलेको निमित्त प्रमुख प्रशासकित अधिकृत ढकालले बतानुभयो ।

नेकपा माओवादी केन्द्र चौरजहारीका नगर सचिव एलबी कटुवालका अनुसार आगलागीको सूचनापश्चात् चौरजहारी नगरपालिका प्रमुख पुष्प बादी, नेपाल प्रहरी, नगर प्रहरी, नगरपालिका कर्मचारी लगाएतको टोली घटनास्थल पुगेको थियो । टोलीले आगलागी नियन्त्रणमा लिएको हो ।

सचिव कटुवालले आगलागी पीडित परिवारलाई तत्काल राहत आवश्यकता भएको बताउनुभयो । उहाँका अनुसार आगलागीबाट दुबै घरमा रहेका गहुँ मकै लगायतका अन्नपात समेत नष्ट भएको छ ।

6a40d56e-0291-4f67-aa59-c7c4f21612ff-1714524380.jpeg
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्