Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा सार्वजनिक सुनुवाई, स्वरोजगार र सुशासनका लागि बहस

बुधबार, वैशाख १९, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाको क्षेत्राधिकारभित्र रहेर सम्पादन गरिएका कामको  जानकारी, सुझाव सङ्कलन तथा गुनासो सम्बोधनका लागि सार्वजनिक सुनुवाई गरेको नगरपालिकाले जनाएको छ । 

सोमबार जहारी क्याम्पस खोलागाउँ र मंगलबार चौरजहारी नगरपालिकामा सार्वजनिक सुनुवाइ गरिएको छ । कार्यक्रममा चालु आर्थिक वर्षमा नगरपालिकाले हाँसिल गरेको प्रगतिको अवस्थाबारे प्रस्तुतिकरण गरिएको थियो।

खानेपानी, सडक, बिद्युत लगायतका समस्याका लागि बजेट आवश्यकता रहेको सहभागीलेहरूले औल्याएका छन् । रोजगारी सृजना, कृषि उत्पादन तथा बजारीकरण, थप सुशासनका लागि चाल्नुपर्ने कदमका विषयमा बहस गरिएको छ चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय शेर प्रसाद ढकालले जानकारी दिनुभयो।

कार्यक्रममा नगर प्रमुख पुष्प वादी, उपप्रमुख ईश्वरी शर्मा बिंएमसहित नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, जनप्रतिनिधीहरु, राजनीतिक दल, शिक्षक, कर्मचारी, व्यापारी, वुद्धिजीविसहित सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

440017035_1640259190132058_7053558005174704361_n-1714527278.jpg

440213886_1640259290132048_8378743863893524088_n-1714527293.jpg

440090743_1640259330132044_8676212940693979685_n-1714527293.jpg

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्