Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काँग्रेसद्वारा फलफूल वितरण

बुधबार, वैशाख १९, २०८१
tribeni2

नेपाल ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमद्वारा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 

बुधबार ट्रेड युनियनले जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीहरुलाई फलफूल विरतण गरेको हो ।

१३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिरामीहरुलाई फलफूल विरतण गरिएको ट्रेड नेपाल युनियन काँग्रेस कर्णाली प्रदेश समितिका उपाध्यक्ष यामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा भर्ना भएका १८ जना बिरामी, कुरुवा र अन्य बिरामीहरु समेतलाई फलफूल वितरण गरिएको हो । 

ट्रेड नेपाल युनियन काँग्रेस रुकुम पश्चिमका अध्यक्ष देवबहादुर खड्काले बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै स्वास्थ्यको लागि उपर्युक्त हुने फलफूलहरु वितरण गरिएको जानकारी दिनुभयो ।

फलफूल वितरण कार्यक्रममा जिल्ला अध्यक्ष खड्का, कर्णाली प्रदेशका उपाध्यक्ष यामबहादुर केसी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष डम्बर खड्का, अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, सरस्वती मावि सल्लेका प्रधानाध्यापक खम्बु थापा, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओली, अधिवक्ता अमर ओली लगायतको सहभागिता रहको थियो । 

WhatsApp-Image-2024-04-30-at-22.21.48_617d1e88-1714539641.jpg

WhatsApp-Image-2024-05-01-at-10.06.43_9c360aa0-1714539639.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्