Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जहारी क्याम्पसको अध्यक्षमा बिद्यार्थी नेता सुन्दर शर्मा चयन

बुधबार, वैशाख १९, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका - ११ मा रहेको जहारी क्याम्पस खोलागाउँको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बिद्यार्थी नेता सुन्दर शर्मा चयन हुनुभएको छ । 

हालै सम्पन्न क्याम्पसको साधारण सभाले शर्माको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस संचालक समिति निर्विरोध चयन गरेको हो । चौरजहारी नगरपालिका वडा नम्वर १३ निवासी अध्यक्ष शर्मा अखिल (क्रान्तिकारी) को केन्द्रिय सचिव हुनुहुन्छ । 

समितिको उपाध्यक्षमा खिमबहादुर ओली र माेतिराम बिक चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा टिकाराम ओली, पूर्ण बहादुर रोकाय, मनिषा राना रोकाय, ध्रुव बुढाथोकी, डिल्लीराज शर्मा, शेरबहादुर बोहरा, दिपक बि.एम., मोगश शाह र महेश बुढाथोकी चयन हुनुभएको क्याम्पस प्रमुख सुदर्शन शाहले जानकारी दिनुभयो । 

अन्य सदस्यहरुमा हिमालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एक्क बहादुर ओली, प्रधानाध्यापक भिमबहादुर ओली, स्ववियु सभापति भरत राज बिक, त्रिवि प्राध्यापक संघबाट हिराबहादुर ओली, निवर्तमान अध्यक्ष शेरबहादुर केसी रहनु् भएको छ ।

रिक्त तीन जना सदस्यहरुमा समितिको बैठकले मनोनित गर्ने बताईएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्