सोसल मिडिया
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१२ मा रहेको जनकल्याण माध्यामिक विद्यालय काँशपोखरीमा एक लाख एक हजार १११ रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
स्थानीय सुक्मिदेवी ओलीको पहिलो बार्षिक पूण्यतिथिको अवसरमा "सुक्मिदेवी ओली स्मृति अक्षयकोष" स्थापना गरिएको हो । गत वर्षको वैशाख २९ गते उहाँको निधन भएको थियो । उहाँका तीन छोरा र दुइ छोरी हुनुहन्छ ।
स्वर्गिय आमाको स्मृतिमा घरपरिवारको तर्फबाट विद्यालयमा अक्षयकोष खडा गरिएको स्व. ओलीका कान्छा छोरा प्रेम बहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आफूहरुले अक्षाराम्भ गरेको विद्यालयमा आमाको नाममा अक्षयकोष बनाईएको हो ।
कान्छा छोरा ओलीले सानै हुँदा बुवा गुमाएकोले आमाले ने बुवाआमाको दुवै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको स्मरण गर्नुभयो । उहाँले आमाले आफ्ना रहरहरु मारेर भएपनि सन्तानको खुशीको लागि ठुलो त्याग गरेको समेत जनाउनुभयो ।
आमाले दिनुभएको शिक्षा, संस्कारले आफूहरु यस स्थानमा उभिन पाएकोले छोराछोरीहरुको तर्फबाट पहिलो बार्षिक पूण्यतिथीको अवसरमा अक्षयकोष स्थापना गरिएको कान्छा छोरा ओलीले बताउनुभयो । उहाँ हाल नेपाली काँग्रेस मुसिकोट नगर कमिटीको सभापति समेत हुनुहुन्छ । ।
आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक रामप्रसाद ओली र विद्यालय व्यवस्थापन समितिका सदस्य मोहन ओलीलाई एक लाख एक हजार १११ रुपियाँ हस्तान्तरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक ओलीले सुक्मिदेवी ओली स्मृति अक्षयकोषमा प्राप्त उक्त रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिव, जेहन्दार तथा दलित बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने बताउनुभयो । प्रधानाध्यापक ओलीले यस्तो पूण्य कार्य तथा सामाजिक योगदानको लागि स्वर्गिय आमाको छोराछोरीलाई धन्यबाद व्यक्त गर्नुभयो ।