Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल नेपाल ट्रेड युनियन रुकुम पश्चिमको अध्यक्षमा अर्जुन कुमाल निर्वाचित 

बुधबार, वैशाख १९, २०८१
tribeni2

रुकुम पश्चिम । अखिल नेपाल ट्रेड युनियन जिल्ला कमिटी रुकुम पश्चिमको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । 

बुधबार सानीभेरी गाउँपालिकाको सिम्लीमा भएको सम्मेलनबाट अर्जुन कुमाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । कुमालको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । जसकाे उपाध्यक्षमा कमला बिक र पुर्ण ओली, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा डिलसरा पुन चयन हुनुभएको छ ।

नव निर्वाचित सचिव रमेश गिरीका अनुसार सह-सचिव पछि थप्ने गरी २७ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । उहाँका अनुसार अनुसार अध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत पदाधिकारी र सदस्यहरु चयन गरिएको हो ।

अध्यक्ष पदका लागि चौरजहारी नगरपालिका निवासी अर्जुन कुमाल र आठविसकोट नगरपालिका निवासी प्रेम थापा बिच चुनाव भएको थियो । चुनावी मत परिणाम अनुसार दुबै जनाको बराबरी (१३/१३) मत आएपछि गोला प्रथा गरेर अध्यक्ष चयन गरिएको हो । 

ट्रेड युनियनको दोस्रो जिल्ला सम्मेलन जिल्ला ईन्चार्ज तिलक शर्माको अध्यक्षतामा र नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन सत्रमा पार्टिका केन्द्रिय सदस्य नरबहादुर पुन, धनबिर ओलि, पार्टीका जिल्ला इन्चार्ज गोबिन्द रोका, युनियनका कर्णाली प्रदेश इन्चार्ज दिपक चदारा लगायतकाे आथित्यता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्