Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा हाजिरीजवाफ

शुक्रबार, वैशाख २१, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा शुक्रबार हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएको छ ।

क्याम्पसको  अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको हाजिरी जवाफ प्रतियोगितामा समुह नम्वर ४ मा रहेका नवराज बुढाको नेतृत्वको समुहले प्रथम स्थान हाँसिल गरेको छ । यस समुहमा नन्दराम बुढाथोकी र एजुकेशन पुन मगर रहनुभएको थियो । 

त्यसैगरी प्रतियोगितामा कमल खड्काको नेतृत्वमा रहेको समुह नम्वर ७ ले दोश्रो स्थान हात पारेको छ । यस समुहमा मनिराम झाँक्रिमगर र रमिता मल्ल रहनुभएको थियो । 

प्रतियोगितामा समुह नम्वर ५ ले तृतीय स्थान प्राप्त गरेको छ । आशिष खत्रीको नेतृत्वमा रहेको यस समुहमा मनिषा हमाल र कविता खत्री रहनुभएको थियो । क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओलीका अनुसार प्रतियोगितामा विभिन्न सात वटा समुहले भाग लिएका थिए । 

प्रतियोगिताको सञ्चालन पूर्व क्याम्पस प्रमुख मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियो भने संयोजन विभाग प्रमुख टेकबहादुर ओलीले गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतम, उपप्राध्यापकहरु हरिविष्णु ओली, टेकबहादुर ओली, हर्कबहादुर ओली, गंगाबहादुर कार्की, शशिराम घर्ती, लक्ष्मी लम्साल, राधा बिक लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो स्थान ल्याउन सफल बिद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको क्याम्पसले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्