सोसल मिडिया
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा रहेको अस्पताल क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
सोमबार इलाका प्रशासन कार्यालय चौरजहारी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिम र चौरजहारी नगरपालिकाद्वारा अस्पताल क्षेत्रको बजार संयुक्त रुपमा अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारका २० वटा पसलहरु अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा अधिकांश पसल नवीकरण गर्न बाकी रहेको भेटिएको छ ।
यसैगरि म्याद ग्रुजिएका स्प्राइट, चाउचाउ, वेम्वो स्टिक, मेहेन्दि, चिउरा, फेन्टा, छक्कापञ्जा, डाइजेस्टिक र ओरेन्ज विस्कुट लगायतत करिव ७ हजार ६२५ मूल्य बराबरको सामान जफत गरि नष्ट गरिएको समेत निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।
अनुगमनका क्रममा उक्त पसलहरुलाई दर्ता तथा नवीकरण समयमै गर्न र कारोबार गर्दा बिल अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको चौरजहारी नगरपालिकाले बताएको छ ।