Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रधानमन्त्री रोजगार कार्यक्रम

पार्टी सदस्यलाई मात्र ‘स्वरोजगार’

अनावश्यक सवाल जवाफ गर्न खोज्दा त्यसो भनेको हुँ - वडाअध्यक्ष
२०७८ कार्तिक ९
tribeni2

रुकुम पश्चिम / बेरोजगारलाई रोजगार बनाउने उद्धेश्यले सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा किर्ते कागजात मिलाएर रकम हिनामिना गरेको, आफ्नालाई मात्र रोजगारदातामा सुचिकृत गरेको जस्ता अनियमितताहरु सार्वजनिक भैरहेका छन् ।

रुकुम पश्चिममा भने नेकपा माओबादी केन्द्रको पार्टी सदस्यता भएकालाई मात्र रोजगार कार्यक्रममा सूचिकृतको लागि प्राथमिकता दिन पार्टिले निर्देशन गरेको कुरा एक वडा अध्यक्षले सार्वजनिक गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कर्णबहादुर खड्काले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि निर्माण समिति गठन गर्ने देखि रोजगार दिनलाई पार्टिको सदस्यता भएमा हुने अन्य पार्टीको भएमा कोटा बचेमा मात्र दिन सकिने भन्दै स्थानीयसँग गरेको कुराकानीको अडियो समेत सार्वजनिक भएको छ ।

अडियोमा वडा अध्यक्ष खड्काले स्वरोजगार कार्यक्रममा सहभागी हुनको लागि पार्टीको सदस्यता लिएको हुनुपर्ने, अन्य पार्टीको भएको अर्को पटक कोटा बचेमा मात्र समावेश गर्न सकिने उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीमा प्रवेश गरे हुन्छ, नत्र हुदैन,’ मोबाईलमा स्थानीयसँग गरेको कुराकानीमा वडा अध्यक्षले भनेका छन्, ‘वर्गिय हितका लागि लडेका, पार्टीको लागि ढुंगामुढा गरेकालाई प्राथमिकता दिईन्छ ।’

अनावश्यक सवाल जवाफ गर्न खोज्दा त्यसो भनेको हुँ - वडाअध्यक्ष
यस बिषयमा वडा अध्यक्ष खड्काले यस आर्थिक बर्षको पहिलो चौमासिकमा १३ लाख ३२ हजार बजेट आएको, नियमानुसार १ सय दिनको काम दिदा २३ जनालाई मात्र पर्ने भएकोले रोजगारदाता छनौट पद्धती अनुसार गरेर कामको जिम्मा लगाईएको बताउँनुभयो । उहाँले राजनीतिक रिसिईबी साँध्ने मनसायले केहि व्यक्तिहरुले अनावश्यक भ्रम फैलाएको वडा अध्यक्ष खड्काले प्रतिक्रिया दिनुभयो ।

अनावश्यक सवाल जवाफ गर्न खोज्दा आफूले मोबाईलमा त्यस खालको प्रतिक्रिया दिएको वडा अध्यक्षको भनाई छ ।
वडाबाट चार सय ५८ जना रोजगारदाता सुचिकृत भएको जानकारी दिनुहुदै अध्यक्ष खड्काले दोश्रो र तेस्रो चौमासिकमा प्राथमिकिकरण गरेर रोजगार दिईने उल्लेख गर्नुभयो । हामी पार्टीबाटै प्रतिनिधित्व गरेर आएको हुनाले पार्टीका मान्छेहरु पनि समावेश हुने कुरालाई ठुलो बिषय बनाउन उपयुक्त नहुने उहाँको भनाई छ ।

पार्टी सदस्यता लिएकालाई मात्र रोजगारमा समावेश गर्ने कुरा केन्द्र, जिल्ला तथा गाउँपालिकाको निर्णय तथा निर्देशन नभएर वडामै मात्र गरिएको एक खालको योजना रहेको समेत उहाँले प्रतिक्रिया दिनुभयो । बेरोजगारहरुको संख्या धेरै र बजेट सिमित हुँदा यस खालको समस्या बल्झिएको वडा कार्यालयले जनाएको छ ।

काँग्रेसको बिरोध
यस कार्यको बिरोधमा नेपाली काँग्रेस त्रिवेणी गाउँपालिका ८ नम्वर वडा कार्यालयले खेद प्रकट गर्दै बिज्ञप्ती समेत निकालेको छ । बिज्ञप्तीमा वडा अध्यक्षलाई अनियमितताका बिभिन्न आरोपहरु लगाउँदै सम्बन्धित निकायलाई छानबिनको समेत माग गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्