Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देउरानीको हत्या आरोपमा फरार जेठानी पक्राउ

शुक्रबार, वैशाख २८, २०८१
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

जिल्लाको चौरजहारी नगरपालिका –१३ एगौली निवासी ४० वर्षिया हिरा बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिकलाई बिहिबार दाङको बबई गाउँपालिका वडा नम्वर ५ हुरुमबेलीचौरबाट पक्राउ गरिएको हो । 

उहाँका अनुसार २०७५ पुस २५ गते बिकले आफ्नै देउरानी नाता पर्ने २८ वर्षिया कल्पना नेपालीलाई कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते कल्पनाको २०७८ मङ्सिर १९ गते उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीको भनाई छ । 

घाईतेको मृत्युपश्चात फरार रहेकी आरोपी हिरा बिकलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय तुल्सीपुरसँगको समन्वयमा पक्राउ गरेको हो । 

पक्राउ परेकी आरोपी बिकलाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्