रुक्मिणी माविमा तीन दिने उत्प्रेरणा कार्यक्रम सुरु

शुक्रबार, वैशाख २८, २०८१

रुकुम पूर्वको रुक्मिणी माध्यमिक विद्यालय रुकुमकाेटमा ३ दिने उत्प्रेरणा कार्यक्रम सुरु भएको छ । प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धी ३ दिने उत्प्रेरणा कार्यक्रम सुरु भएको हो । 

विद्यार्थी शिक्षक तथा अभिभावकहरुलाई उत्प्रेरणा दिन र बिशेष गरि विद्यार्थीहरुलाई पिटी सिकाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले जानकारी दिनुभएको छ । 

विद्यार्थीहरुलाई पिटी खेलमा राम्रो तथा अब्बल बनाउने उदेश्यले जिल्लामा पहिलोपटक अनुभवी तथा राष्ट्रपतिबाट सम्मानित प्रशिक्षकहरु ल्याईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश थापाले बताउनुभएको छ । 

उक्त ३ दिने उत्प्रेरणा कार्यक्रममा हरिश ओलीले प्रशिक्षण दिनुहुने बताइएको छ । कार्यक्रममा विद्यालयका सबै शिक्षक विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको छ । कार्यक्रमको अन्तिम दिन आइतबार सबै अभिभावकहरुलाई पनि प्रशिक्षणात्मक कार्यक्रम रहेकाले सबै अभिभावक विद्यालयमा अनिवार्य उपस्थित भैदिन शिक्षक अभिभावक संघका अध्यक्ष फनेन्द्र आचार्यले आग्रह गर्नुभएको छ । 

रुक्मिणी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश थापाको अध्यक्षातामा सुरु भएको उक्त ३ दिने उत्प्रेरणा कार्यक्रमको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यस्तै उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारको विशेष आतिथ्यता रहेको थियो भने प्रधानाध्यापक चन्द्रबहादुर मल्ल, सहायक प्रधानाध्यापक पञ्चबहादुर केसी, पिटी प्रशिक्षक हरिश ओली, संगित प्रशिक्षक किशोर बिक, शिक्षक अभिभावक संघका अध्यक्ष फनेन्द्र आचार्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कमलप्रकाश चन्द लगायत शिक्षकहरुको आतिथ्यता रहेको थियो । 

भोली शनिबार पनि उत्प्रेरणा तथा पिटी कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

4817a42e-4a60-4b08-81c0-a65ced4301ff-1715356263.jpeg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्