Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाङमा बन्चरो प्रहार गरेर दुई महिलाको हत्या

शनिबार, वैशाख २९, २०८१
tribeni2

दाङको घोराहीमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो । 
हत्या हुनेमा घोराही उपमहानगरपालिका–१० पहेलपार निवासी अन्दाजी ५० वर्षीया जुपली बुढा र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घरभई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आउनुभएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । 

प्रहरी उपरीक्षक केसीका अनुसार मृतक बुढाको घरको भान्सा कोठामा बन्चरो प्रहार गरि हत्या भएको छ । मृतक बुढाको टाउकोमा पछाडी दुई ठाउँ र सुनारको टाउको एक ठाउँ चोट लागेको छ । 

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्