Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिजयश्वरीमा अभिभावक र शिक्षक भेला सम्पन्न 

व्यवस्थापन समिति, सल्लाहकार समिति र शिक्षक अभिभावक संघ गठन
शनिबार, वैशाख २९, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगमा रहेको बिजयश्वरी सेकेन्डरी इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलको अभिभावक तथा शिक्षक भेला सम्पन्न भएको छ ।

शनिबार विद्यालयका संचालक हर्क बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न अभिभावक तथा शिक्षकहरुको संयुक्त भेलाले विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समिति र शिक्षक अभिभावक संघ चयन गरेको छ । 

विद्यालयका प्रिन्सिपल जय बहादुर थापाका अनुसार भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अनिता कुमाई भण्डारी चयन हुनुभएको छ । व्यवस्थापन समितिको सदस्यहरुमा सरिता पाण्डे केसी, शिशिर गौतम, थान बहादुर केसी, धनमाया नेपाली र सार्कु प्रशाद लामिछाने चयन हुनुभएको सदस्य सचिव समेत रहनुभएका प्रिन्सिपल थापाले जानकारी दिनुभयो । 

त्यसैगरी डा. दिपक पुन प्रमख सल्लाहकार रहनुभएको १५ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ । यस समितिको सदस्यहरुमा सागर मल्ल, कृपाराम वली, कल्पना वली कुँवर, डम्मर बहादुर केसी, डम्बर नेपाली, यज्ञ परियार, हर्क बहादुर भण्डारी, सुर्य बहादुर गिरी, लेकमाया केसी, प्रशान्त वली, शेर बहादुर वली, टेक बहादुर बि सी, तुल्सा घर्ती र मनोज खड्का रहनुभएको छ । 

भेलाले तेजकुमार ओलीको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । यस संघको सदस्यहरुमा  नारायणी गौतम, जितेन्द्र राज केसी, सुनिता खड्का पाण्डे, मेनुका डाँगी, कर्मा गौतम, भुपेन्द्र केसी, होमराज शाही  र सदस्य सचिवमा जय बहादुर थापा चयन हुनुभएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्