Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भुवनको निधनको शोकमा आज चौरजहारी बजार बन्द

आइतबार, वैशाख ३०, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी बजार आज बन्द गरिएको छ । 

चौरजहारी नगरपालिका ४ निवासी व्यवसायी भुवन केसीको मृत्युको शोकमा आईतबार बजार बन्द गरिएको हो । 

चौरजहारी उद्योग वाणिज्य संघमा आबद्ध रहि चौरजहारी नगरपालिका २ मा लक्ष्मी मोबाईल सेन्टर सञ्चालन गर्दै आउनुभएका केसीको निधनको शोकमा बजार बन्द गरिएको संघका सचिव केशव गिरीले बताउनुभयो । 

शनिबार चौरजहारीबाट जाजरकोट हुँदै नेपालगञ्ज जाने क्रममा सिम्ता गाउँपालिका ३ सुर्खेतमा मोटसाईकल दुर्घटनामा परेर केसीको घटनास्थलमै मुत्यु भएको थियो । 

३७ वर्षिय केसीको मृत्युको खबरले सम्पूर्ण व्यवसायीहरु दुखि भएको र शोकमा एक दिन बजार बन्द गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्