Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नयाँ ट्रयाक खोलेर पितिबाङ खोलाबाट यातायात सुचारु

आइतबार, वैशाख ३०, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर -११ र १२ मा पर्ने राप्ती राजमार्ग अन्तर्गत पितिवाङखोलामा बाढीको कारण अवरुद्ध भएको सडक सुचारु भएको छ ।

शनिबार दिउँसो बाढीले कल्भर्ट बगाएपछि अवरुद्ध भएको यातायात सेवा आइतबार बेलुकाबाट सुचारु भएको हो ।

पानी परेपछि खोलामा आएको बाढीले कल्भर्ट बगाएपछि यातायात अबरुद्ध भएको थियो ।

आज बिहानै देखि स्काभेटर प्रयोग गरेर बाढीले बगाएको सडक खण्डको पुनः निमार्ण गरिएको मुसीकोट नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिनुभयो ।

तत्कालका लागि सवारी साधनलाई आवतजावतमा सहज बनाउन खोलाको नजिकैबाट नयाँ ट्रर्याक खोलेर सडक खुलाइएको छ ।
यस स्थानमा बिगत चार बर्ष देखि निर्माण सुरु गरिएको पक्की पुल अलपत्र अवस्थामा छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्