Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष हो : मन्त्री के.सी.

मंगलबार, जेठ १, २०८१
tribeni2

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र के.सी.ले कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष रहेको बताउनु भएको छ । 

नेपाल बिमा प्राधिकरणको ५६ औं बार्सिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा बिरेन्द्रनगरस्थित प्राधिकरणको प्रदेश कार्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री केसीले बिमा कम्पनीहरुले पनि प्रक्रियागत सुधार, नितिगत सुधार र सहभागीतामा ब्यापकता ल्याउनुपर्ने बताउनुभयो।

बिमा कार्यक्रम गरिबि र अप्ठ्याराहरुमा नै सहजता ल्याउन लागू गरिएता पनि गरिबी र चेतनाकै कारण सोचेजस्तो फस्टाउन नसकेको उल्लेख गर्नुभयो।

यसका लागि ग्रामिणस्तरमा थप सचेतनाका कार्यक्रम आवश्यक रहेको मन्त्री केसीको भनाई रहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्