धर्म बेचेर हुदैन कर्म

२०७८ कार्तिक ९
  •        भरत खत्री

आज भन्दा ६० लाख वर्ष पहिले चिम्पान्जी र मानिस जातिको पूर्खा एउटै थियो। मानिसको पूर्खाको मस्तिष्क चिम्पान्जिको भन्दा भिन्न भएकोले मानिस चिम्पान्जि भन्दा विवेकशिल देखियो र आज यो स्थितिमा छ । बदलिदो समय, बिकासक्रम र मानिसको जनसङ्ख्या बढे सङ्गै मानव भिडलाई निश्चित दायरामा ल्याउन विविध निति, नियमहरुको विकास भयो।जसमा धार्मिक मुल्य, मान्यताहरुले गहिरो स्थान लिएका थिए र छन्।

सोहि निति, नियमको आधारमा आजभन्दा ७० हजार वर्ष पहिले कग्निटिभ क्रान्ति, १२ हजार वर्ष पहिले कृर्षि क्रान्ति, ५ सय वर्ष पहिले वैज्ञानिक क्रान्ति र २ सय वर्ष पहिले औधोगिक क्रान्ति गरेको मानव जातिले वर्तमान समयसम्म धर्मलाई महत्वपूर्ण गरिमा दिएको छ।

चाहे त्यो आज भन्दा ४ हजार २ सय ५० वर्ष पहिलेको विश्चकै पहिलो सारगनको अक्काडियन साम्राज्य होस या २ हजार ५ सय वर्ष पहिलेको प्रसियन साम्राज्य होस या, २ हजार वर्ष पहिलेको चिनको हान साम्राज्य वा रोम साम्राज्य साथै विश्वकै पुरानो मिस्रको सभ्यता यी सबैमा पनि धर्म समाजको दिग्दर्शन थियो। अर्थात धार्मिक संस्कार , संस्कृति, प्रचलन र ग्रन्थिय मान्यतालाई निसर्त पालना गरिनथ्यो। पादरीहरुको सङ्गर्षको नतिजा, बेलायतको सन् १२१५ को म्याग्नाकार्ट आउनु अघि र अहिले सम्म समाजमा धर्मको स्थान कमजोर छैन।

वर्तमान विश्व विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानूनको घेरा भित्र छ। जुन कानून समय सान्दर्भिक धार्मिक मान्यता र अन्य पृष्ठभूमिलाई टेकेर तर्जुमा गरिएका छन। नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। यहाँ दस भन्दा बढि धर्महरु प्रचलनमा छन्। जसका आआफ्ना मुल्य मान्यताहरु छन्। मानिसको जन्म देखि मृत्युसम्म र मृत्युपछि गरिने प्रत्येक क्रियाकलापहरु जस्तैस जन्म संस्कार वा न्वारन, विवाह संस्कार, मृत्यु संस्कार र पिन्ड दान दिने जस्ता कुराहरु धर्म अनुसार भिन्न हुन्छ।

हामी धार्मिक विविधता भएको देशको नागरिक, एक अर्काको धर्मको सम्मान त भएकै छ। जो हामी सबैको लागि सकारात्मक पक्ष हो। तर त्यहि धर्मको नाममा गलत बाटोबाट लिइने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक फाइदा समग्र देशको लागि गम्भिर चिन्ताको बिषय हो।

हाम्रो समाजमा केहि यस्ता धार्मिक संस्कार पनि छन। जसले मानिसको दुःख, कष्टको विस्राम गराउने चौतारी तयार पार्छन।मानिसले देवी र देवताको मठ, मन्दिर, मस्जित, गुम्बा लगायत धार्मिक स्थानहरु निर्माण गर्छन। उक्त ठाउँमा स्वच्छता र पवित्रताको खुब गुनगान गाइन्छ। अझ त्यति मात्र होइन, कुनै दिन बिषेश होस या नयाँ कामको सुरुवात गर्ने दिन, त्यो बेला भब्यताकासाथ आफ्ना पिडाहरु पोखी नयाँ माग समेत राखिन्छ। जहाँ मैले राखेको माग किन पुरा नगरेको भनि कसैलाई प्रश्न गर्ने ठाउँ हुदैन भन्ने वास्तविकतालाई गौण बनाइन्छ। र आज नभए भोलि, भोलि नभए अर्को कुनै दिन माग पुरा हुन्छन भन्ने विश्वास उनीहरुमा हुन्छ।

नेपाल धर्ममा मात्र होइन, भाषामा, भेषभूषामा, संस्कृतिमा पनि विविधतामा एकता भएको देश हो। सोहि कारण नेपाललाई सुन्दर फुलबारीको संज्ञा दिइएको छ। वास्तवमा धर्मले मानिसको भोको पेट भर्देन, भर्छ केवल मानिसको मन आशाहरुको भकारीलाई। त्यसकारण वर्तमान नेपाली समाजमा धर्मको नाममा गरिने खर्च अति भएको छ। समाजमा मानिसहरु दिनभर आफ्नो रगतलाई पसिनामा बदलेर पनि साझ बिहान छाक टार्न र परिवारका सदस्यहरुलाई लालनपोषण गर्न कठिन हुने अबस्थामा छन। सो ठाउंमा जनताको पिडा, समस्याहरु कम गर्न खर्चिनु पर्ने बजेट धर्मको नाममा फजुल खर्च गरिन्छ। तसर्थ धर्मको नाममा गरिने खर्चमा बेथिति आयोकि ?

जनता पिडामा हुँदा हुँदै विलासिपन र फजुल खर्चमा लाग्नु भनेको प्राचिन रोम राज्यको शासक निरो प्रवृत्तिको नयाँ संस्करण उदय हुनु हो। जो समाज र मानव अस्तित्वको लागि अत्यन्तै घातक हुन्छ। इ,वि,सन् ६७ तिरको घटना हो, रोम राज्यमा आगालागी भयो। जनताले शासक निरो संग सहयोग मागे तर निरो सो समयमा जनतालाई उचित सहयोग नगरी बिन बाजा बजाएर रमाइलो गर्न तिर लागे। साथै राजमहल सिगार्न लागे। निरोको त्यस्तो ब्यबहारको कारण जनता र केहि नेताहरु उनको विरुद्वमा उभिए। निरोले विरोधि सबै र उनको पत्नि समेतलाई मारे। अन्त्यमा निरो एक्लो भए। उक्त कार्य गरेकोमा आफु दोषि रहेको भनि घाँटिमा खुकुरि हानि आत्महत्या गरे। त्यस्तो प्रवृति नेपालमा जन्मिनु हुदैन। नागरिकको पिडाहरु बेवास्ता गरि धर्मको नाममा गरिने फजुल खर्चले भलो चिताउदैन। यो त काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर भनेसरह हुन्छ।

अझ अर्को नेपाली समाजमा रहेको ठुलो समस्या भनेको धर्ममा विश्वास गरी कसैमाथि नकारात्मक, असभ्य आरोपको मुहान फुटाउनु र ज्यान समेत लिनु। त्यसैले धर्मको नाममा गरिने अराजक, फजुल गतिविधि र व्यबहारलाई समाजबाट हटाई सभ्य समाज र धार्मिक सहिष्णुता भएको समाजको खोजी गर्नुपर्दछ । पछिल्लो समयमा नेपालमा धर्मको नाम बेचेर राजनीतिक, आर्थिक र सामाजिक लाभ लिने क्रम उकालो लाग्दो छ।

यसले समाजलाई मूलत द्वन्द्वको समुन्द्रमा धकेल्छ।तसर्थ नेपाललाई विकासित राष्ट्रको स्थानमा पुर्याउन, सुखि र समृद्व बनाउन धर्मको नाममा गरिने असभ्य व्यबहार र फजुल खर्चलाई अन्त्य गर्नुपर्छ। नत्र भने नेपालको समग्र अबस्था, हात्ति छिर्यो, पुच्छर अट्क्यो भने जस्तै हुन्छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्