Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटनको लागि काँग्रेस उपसभापति खड्का रुकुममा

मंगलबार, जेठ १, २०८१
tribeni2

रुकुम पश्चिम । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट आईपुग्नु भएको छ । 

भोलि बुधबार हुने नव निर्मित पार्टी कार्यालय भवन र जिल्लाको सातौं जिल्ला अधिवेशन पछिको प्रथम जिल्ला सम्मेलन  उद्वघाटनको लागि उपसभापति खड्का रुकुम पश्चिम आईपुग्नु भएको हो । 

उपसभापति एवम् नेपाल सरकारका निवर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले दुबै कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएकाे छ । 

नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लाल बहादुर ओलीका अनुसार जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।  बिहान ११ बजेदेखि बालमन्दिरमा कार्यक्रम सुरु हुने बताइएकाे छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्