Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवा संघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

मंगलबार, जेठ १, २०८१
tribeni2

रुकुम पश्चिम । राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 

मंगलबार संघको ३५ ओँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । 
अस्पतालमा भर्ना भएका २८ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । 

राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य सिताराम देवकोटाको संयोजनमा भएको फलफूल वितरण कार्यक्रममा नेकपा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, संघका पुर्व केन्द्रीय सदस्य भिमराज ओली र लालबहादुर बुढा, युवा संघका मुसिकोट ईन्चार्ज निर्मल दाहाल, जिल्ला अस्पताल सल्लेका स्त्रीरोग  बिशेषज्ञ डा.केहल बिक्रम जिसी, अधिकृत मनोज केसी, लेखापाल प्रकाश खड्का लगायतको उपस्थिति रहेको थियो । 

उक्त अवसरमा बिरामीहरुलाई फलफुल वितरणका साथै स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । 

cf40c8c4-fc6f-4098-8778-facc31b02c14-1715699286.jpeg
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्