चौरजहारीका १४ वटै वडामा माओवादीको नयाँ नेतृत्व चयन

बुधबार, जेठ २, २०८१

रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) चौरजहारी नगरकमिटिले एकै दिनमा नगरभित्रका १४ वटै वडाको अधिवेशन सम्पन्न गरेको छ । 

जेठ १ गतेका दिन १४ वटै वडाको तेस्रो वडा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नगर कमिटी सचिव लाल बहादुर कटुवाल (एलबी) ले जानकारी दिनुभयो । 

उहाँका अनुसार अधिवेशनबाट वडा नम्वर १ को अध्यक्षमा ईन्द्रमणी बिष्ट चयन हुनुभएको छ भने उपाध्यक्षमा गणेश प्रसाद शर्मा, सचिवमा झलक बादी, सह सचिवमा पदम बहादुर गिरी र कोषाध्यक्षमा जमुना सुनार चयन हुनुभएको छ । 

त्यसैगरी वडा नम्वर २ को अध्यक्षमा दिवाकर गौतम, उपाध्यक्षमा अमृत नेपाली, सचिवमा रतिराम राना, सहसचिवमा सिर्जना केसी र कोषाध्यक्षमा लक्ष्मी राना चयन हुनुभएको छ । 

वडा नम्वर ३ को अध्यक्षमा गोरख रोकाय, सचिवमा ओपेन्द्र सुनार र सहसचिवमा चित्र नेपाली चयन हुनुभएको छ भने वडा नम्वर ४ को अध्यक्षमा अबिर रानामगर, उपाध्यक्षमा गगने सुनार, सचिवमा शान्त बहादुर भण्डारी, सहसचिवमा मिलन बिसी र कोषाध्यक्षमा देबी भण्डारी चयन हुनुभएको छ । 

तेस्रो वडा अधिवेशनबाट वडा नम्वर ५ को अध्यक्षमा देवेन्द्र सुनार, उपाध्यक्षमा जनकलाल सार्की र नरबहादुर बुढा, सचिवमा सन्तोष शर्मा, सहसचिवमा कमला परियार र कोषाध्यक्षमा सुनिता भण्डारी डाँगी चयन हुनुभएको छ । 

वडा नम्वर ६ को अध्यक्षमा कृतिबहादुर बि.क., उपाध्यक्षमा सर्वजित बि.क., सचिवमा निर्मल कुमार महतारा, सहसचिवमा लिला महतारा र कोषाध्यक्षमा सरिता बुढा चयन हुनुभएको छ भने वडा नम्वर ७ को अध्यक्षमा रिता न्यौपाने, उपाध्यक्षमा ईन्द्र बहादुर मल्ल, सचिवम भिम प्रसाद जैसी, सहसचिवमा गीता सार्की र कोषाध्यक्षमा मेनुका आचार्य चयन हुनुभएको नगर कमिटी सचिव कटुवालले जनाउनुभयो । 

त्यसैगरी वडा नम्वर ८ को अध्यक्षमा कर्ण बहादुर पुन, उपाध्यक्षमा पुतला पुन मल्ल, सचिवमा डण्ड बुढाथोकी, सहसचिवमा एशोधा रेग्मी र कोषाध्यक्षमा खड्क केसी चयन हुनुभएको छ । 

वडा नम्वर ९ को अध्यक्षमा कृष्ण मल्ल, उपाध्यक्षमा पान कुमारी मल्ल, सचिवमा रमिता बि.क., सहसचिवमा धनकुमारी मल्ल र कोषाध्यक्षमा ज्ञानु बोहरा चयन हुनुभएको छ । 

वडा नम्वर १० को वडा अध्यक्षमा भरत बि.क., उपाध्यक्षमा कुल बहादुर रोका, सचिवमा लक्ष्मी रोकाय, सहसचिवमा गगन सिं पुन र कोषाध्यक्षमा निर्मला बि.एम. चयन हुनुभएको छ । 

त्यसैगरी वडा नम्वर ११ को अध्यक्षमा बिश्राम खत्री, उपाध्यक्षमा लोकेन्द्र जैसी, सचिवमा दिलबहादुर शाह, सहसचिवमा अमर सार्की र कोषाध्यक्षमा टीका नेपाली चयन हुनुभएको छ भने वडा नम्वर १२ को अध्यक्षमा रण बहादुर ओली, उपाध्यक्षमा मणिराम खत्री, सचिवमा बिष्णु कुमार जैसी, सहसचिवमा रामचन्द्र ओली र कोषाध्यक्षमा सीता बिटालु चयन हुनुभएको छ । 

वडा नम्वर १३ को अध्यक्षमा गंगाराम शर्मा, उपाध्यक्षमा आशिष शर्मा, सचिवमा तिलक ओली, सहसचिवमा लाल बहादुर हमाल र कोषाध्यक्षमा प्रेरणा बिक चयन हुनुभएको छ भने वडा नम्वर १४ को अध्यक्षमा खगेन्द्र राना, उपाध्यक्षमा मानसिं बि.क., सचिवमा कुलबिर बि.क., सहसचिवमा रेशमकुमार सार्की र कोषाध्यक्षमा धनसरी पुन चयन हुनुभएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्