डेढ वर्षकी छोरीलाई पासो लगाएर बिदेशमा रहेका श्रीमानलाई भिडियो 

बुधबार, जेठ २, २०८१

रुकुम पश्चिम । आफैले जन्मदिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्वर १४ लोरिबाङकी अन्दाजी २१ वर्षिया नन्दकली बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिईन् । 

घटना जेठ १ गते बिहान साढे आठ बजेतिरको हो । नन्दकलीले नाबालक छोरीलाई पासो लगाईदिएर बनाएको भिडियो बैदेशिक रोजगारीको सिलसिलामा दुबैमा रहेका उनका श्रीमानलाई पठाईन् । 

यस्तो भिडियो देखेपछि श्रीमानले बिदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे । छिमेकीहरु तत्काल बिष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेटाए । तुरुन्तै नाबालिकालाई उद्धार गरे । अहिले जिल्ला अस्पताल सल्लेमा नाबालिकाको उपचार भईरहेको छ । 

त्यसलगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ । आवश्यक प्रक्रिया पुरा गरेर नन्दकली बिरुद्ध आवश्यक कारबाहि सुरु गर्ने प्रहरीको भनाई छ । 

मूलपाटीलाई प्राप्त उक्त भिडियोमा नाबालिकाको घाँटिमा सेतो सलको पासो लगाएर झुन्ड्याएको देखिन्छ । प्रहरीले अनुसन्धान सुरु गरेर घटनाको बिस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्