एक करोड १५ लाखको लगानीमा काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालय निर्माण

बिहीबार, जेठ ३, २०८१

नेपाली काँग्रेस रुकुम पश्चिमको नवनिर्मित (वीपी स्मृति भवन) पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ खलंगामा रहेको पार्टीको भवन नेपाली काँग्रेसका उपसभापति एवं निवर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री  पूर्णबहादुर खड्काले बुधबार उद्घाटन गर्नुभएको हो ।

३ तले १४ कोठाको भवन करिब एक करोड १५ लाखको लगानीमा निर्माण सम्पन्न भएको काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टी भवन निर्माणको लागि विभिन्न व्यक्ति तथा निकायहरुबाट सहयोग प्राप्त भएको छ । सरकारी निकायबाट ४५ लाख र अन्य रकम विभिन्न सहयोगी दाताहरुबट संकलन गरेर भवन निर्माण गरिएको कोषाध्यक्ष खड्काले जानकारी दिनुभयो । 

उक्त भवन २०७३ जेठ ५ गते पार्टीका तत्कालीन महामन्त्री डा. शशांक कोइरालाले शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्