सोसल मिडिया
रुकुम पश्चिम / आठबीसकोट नगरपालिकाले किसानहरुलाई गहुँको उन्नत बीउ वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार कृषकहरुको मागको आधारमा ३५ क्विन्टल बीउ बितरण गरिएको हो । अब ७ क्विन्टल बीउ वितरण गर्न बाँकि छ । किसानलाई अनुदानमा बीउ वितरण गरिएको हो।
सोमबार जाजरकोटको कालेगाउँ बाट ३५ क्विन्टल गहुँको बीउ खरिद गरि ल्याएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत कृषको लगानिमा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
अहिलेसम्म कृषि सेवा केन्द्र आठबिसकोटमा २५ क्विन्टल , कृषि इकाइ सेवा केन्द्र गोतामकोटमा ३ क्विन्टल , कृषि इकाई सेवा केन्द्र खदिमा ३ क्विन्टल , कृषि इकाई सेवा केन्द्र घेत्मा ४ क्विन्टल गरि पहिलो चरणमा ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको कृषि सेवा केन्द्र प्रमुख देव बहादुर केसिले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बाँकी ७ क्विन्टल गहुँको बीउ कृषि समुह सोलाबाङबाट खरिद गरि केहि दिनमा कृषकलाई बितरण गरिने छ ।