Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट र आठबिसकोटमा अनुसन्धान सम्बन्धी तालिम

बिहीबार, जेठ ३, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट र आठविसकोटमा अनुसन्धान सम्बन्धि छुट्टाछुट्टै तालिम सञ्चालन गरिएको छ । 

बिश्व विद्यालय अनुदान आयोगको सहयोगमा विभिन्न क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुलाई लक्षित गरेर अनुसन्धान सम्बन्धी तालिम सञ्चालन गरिएको हो । 

बिहिबार मुसिकोट खलंगा बहुमुखि क्याम्पसमा अनुसन्धान लेख रचना लेखन सम्बन्धि तीन दिने तालिम समापन गरिएको छ भने राडिज्युला शिक्षा क्याम्पस आठबिसकोटमा अनुसन्धान विधि सम्बन्धि पाँच दिने तालिम चलिरहेको छ । 

विश्वविद्यालय तहको पाठ्यक्रम पढाइरहेका शिक्षकहरुलाई अनुसन्धान कार्यमा जागरुक बनाउन र उच्च शिक्षामा गुणस्तर कायम गर्न तालिम सञ्चालन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगले यस खालका तालिमका लागि क्याम्पसहरुलाई सहयोग गर्दै आएको मुसिकोट खलंगा बहुमुखि क्याम्पसका यु.जि.सी. फोकल पर्सन डम्बरबहादुर खड्काले जानकारी दिनुभयो ।  

नेपाल खुल्ला विश्वविद्यालयका डा. रुमा मानन्धर (गणित), डा. उषा आचार्य (स्वास्थ्य), शिक्षा संकायका संयोजक डा. जीवन खडका, ई– पुस्तकालयविद निर्मला सुवेदी, त्रिभुवन विश्व विद्यालयमा कार्यरत प्रा.डा. दिनबहादुर थापा, डा. दिपक गौतमले मुसिकोट खलंगा बुहुमुखी क्याम्पसमा सञ्चालित तालिमको सहजिकरण गर्नुभएको थियो । 

त्यसैगरी राडिज्यूला क्याम्पसमा सञ्चालित तालिममा नेपाल खुल्ला विश्वविद्यालयका डा. रुमा मानन्धर (गणित), डा. उषा आचार्य (स्वास्थ्य), शिक्षा संकायका संयोजक डा. जीवन खड्का, ई–पुस्तकालयविद् निर्मला सुवेदी लगायतले बिज्ञको रुपमा प्रशिक्षण दिईरहनुभएको छ ।  

आठविसकोटमा सञ्चालित तालिममा सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोटका बिभिन्न क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुको सहभागिता रहेको क्याम्पस प्रमुख तेजबहादुर मल्लले जानकारी दिनुभयो ।  

मुसिकोटमा संचालित तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले र आठबिसकोटमा नगर प्रमुख रवि केसीले गर्नुभएको थियो । 

1715852367927-1715854562.jpg
 

प्रतिक्रिया दिनुहोस्