गजलकार दिपुको गजल गित ‘महंगो भो तिम्रो माया’ बजारमा (भिडियोसहित)

बिहीबार, जेठ ३, २०८१

गजलकार जि.एम. दिपु देपेन्द्रको शब्द सिर्जना रहेको आधुनिक गजल गित ‘महंगो भो तिम्रो माया’ सार्वजनिक भएको छ । 

महंगो भो तिम्रो माया किन्नलाई मेरो औकात भएन
यति रोए तिम्रो यादमा, यति त कहिल्यै बर्षात भएन ...

यो गित बिहिबार जि.एम. दिपु देपेन्द्र युट्युब च्यानलबाट भिडियो सहितको उक्त गित सार्वजनिक गरिएको हो । यो गित प्रेम र बिछोडमा आधारित रहेको छ । 

रुकुम पश्चिमको चौरजहारी निवासी सर्जक दिपुको उक्त गितमा संगितकार राजकुमार बगरको संगित रहेको छ भने लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको छ ।

गितको भिडियोमा कलाकारहरु अनुप जंग थापा, सोनि बि.सी. र आराध्या आर.एल. डि.सी.को अभिनय रहेको छ । 

यस अघि सर्जक दिपुको सन्देश, खतरा धेरैभो गजल गित सार्वजनिक भएको थियो । खतरा धेरै भो बोलको गित सर्वाधिक रुचाईएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्