Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको रेडियो समावेशी दोस्रो वर्ष प्रवेश

शुक्रबार, जेठ ४, २०८१
tribeni2

रुकुम पश्चिमबाट प्रशारित सामुदायिक रेडियो समावेशी आवाज पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । उत्तरगंगा सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायीक रेडियो समावेशी आवाज १०२ मेगार्हज आजबाट पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो । 

वार्षिकोत्सवको अवसरमा रेडियोका स्टेशन प्रमुख गोपाल ओली र उत्तरगंगा सञ्चार केन्द्रका अध्यक्ष राजेन्द्र पुनले संयुक्त रुपमा शुभकामना सन्देशसहितको विज्ञप्ति गर्नुभएको छ । विज्ञप्तीमा आम श्रोता, स्थानीय सरकार, विज्ञापनदाता, सहयोगी संघ संस्था, रेडियोमा कार्यरत कर्मचारी तथा पत्रकारहरुलाई शुभकामना व्यक्त गरिएको छ । 

बिज्ञप्तिमा संघीयता कार्यान्वयन, सुशासन बहाली लगायत सहि र तथ्य सूचना प्रवाहका साथै रेडियोका माध्यमबाट सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । सकारात्मक कामहरुको प्रचार र अनियमितताको भण्डाफोर गर्ने अभियानलाई पनि निरन्तरता दिईने उल्लेख गरिएको छ । 

यस साथै समाजिक परिर्वतन, स्थानीय मौलिक कला संस्कृतिको जर्गेना, स्थानीय प्रतिभाहरुको प्रष्फुटन, जनहितकारी सन्देश तथा सूचना प्रवाह जस्ता कार्यहरु निरन्तर रुपमा अगाडि बढाउने जनाईएको छ । 

पाँच सय किलोवाट क्षमताको यो रेडियोले इजाजत प्राप्त गरेर २०८० जेठ ४ गतेदेखि आधिकारीक रुपमा प्रशारणमा आएको थियो ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण रेडियो समावेशी आवाजको भवन पूर्ण रुपमा क्षति भएको थियो । त्यसबेला पनि जनतालाई सूचना दिनकै लागि त्रिपाल तथा टेन्टबाटै भएपनि रेडियोले सेवालाई निरन्तरता दिएको थियो ।

441971312_7654967581288601_9133207612920275740_n-1715928344.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्