रेडक्रसद्वारा रुकुम पश्चिममा सहायता सामाग्री हस्तान्तरण

शुक्रबार, जेठ ४, २०८१

रुकुम पश्चिम । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री वितरण गरेकाे छ । शाखाले शुक्रबार पहिलो चरणमा जिल्लाको त्रिवेणी गाउँपालिकामा सहायता सामाग्री वितरण गरेको हो । 

भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत सम्बन्धित स्थानीय तहबाट नाम सिफारिस भई आएका र स्थलगत रुपमा अत्यावश्यक महशुस गरिएका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका कोषाध्यक्ष यज्ञ खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा त्रिवेणि गाउँपालिकाको वडा नम्वर ९ र १० मा उक्त सामाग्रीहरु वितरण गरिएको छ । ३ वटा व्हीलचेयर, ५ वटा छडि र एक जना लाई बैशाखी र एक जनालाई कमोड चेयर लगायतका सामाग्री हस्तान्तरण गरिएको कोषाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सानिभेरी र त्रिवेणि गाउँपालिकाका अन्य स्थानमा ६ वटा व्हीलचेयर, २ वटा कमोड चेयर, ६ वटा बैशाखी, ४ वटा छडि र ४ वटा सर्भाइकल कलर हस्तान्तरण गर्ने तयारी रहेको छ । यसका साथै आवश्यकताका आधारमा थप सहयोग गर्दै जाने रेडक्रस रुकुम पश्चिमले जनाएको छ ।

442446502_2434694270064461_5018344807881585539_n-1715962676.jpg

442475640_2434694900064398_8380130883021649640_n-1715962673.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्