रुक्मिणी माविमा गणित प्रयोगशाला स्थापना

रुक्मिणी माविमा अब गणित, कृषि, विज्ञान र कम्प्युटरको गुणस्तरिय प्रयोगशाला 
शनिबार, जेठ ५, २०८१

रुकुम पूर्व । रुकुम पूर्वको रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा गणित प्रयोगशाला स्थापना गरिएको छ । 

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा अवस्थित पुरानो नमूना विद्यालयमा आज एक कार्यक्रमका बिच उक्त प्रयोगशालाको उद्घाटन गरिएको हो । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले एक कार्यक्रमका बिच प्रयोगशालाको उद्घाटन गर्नुभएको हो । 

प्रविधियुक्त समयको आवश्यकतालाई मध्यनजर गर्दै पठनपाठन सहजताका लागि प्रगोगशाला स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले बताउनुभयो । नमुना विद्यालय कार्यक्रम अन्तर्गत दुई लाख बजेटबाट  प्रयोगशाला स्थापना गरिएको हो । 

विद्यालयका प्रधानाधापक चन्द्रबहादुर मल्लको अध्यक्षता रहेको प्रयोगशाला उद्घाटन कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

गणित प्रयोगशाला स्थापना भएपछि बिद्यार्थीहरु खुशी भएका छन् । यस विद्यालयमा यस अघि कृषि, विज्ञान र कम्प्युटरको गुणस्तरिय प्रयोगशाला समेत स्थापना भएको छ । 

444761683_3864473117172026_4143201191789905112_n-1716047220.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्