Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पेशागत महासंघको स्थापना दिवसको अवसरमा फलफूल वितरण

आइतबार, जेठ ६, २०८१
tribeni2

रुकुम पश्चिम । पेशागत महासंघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा अस्पतालमा फलफूल वितरण गरिएको छ । 

महासंघको रुकुम पश्चिम शाखाले आईतबार जिल्ला असपताल सल्लेमा रहेका ३५ जना बिरामी र कुरुवालाई फलफूल वितरण गरेको सचिव हरिबिष्णु ओलीले जानकारी दिनुभयो ।

फलफूल वितरणका साथै बिरामीहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको सचिव ओलीले बताउनुभयो । 

फलफूल वितरण कार्यक्रममा नेकपा (एमाले) रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, कर्णाली प्रदेश कमिटी सदस्य अधिवक्ता रचना मल्ल लगायतको उपस्थिति रहेको थियो । 

पेशागत महासंघ रुकुम पश्चिमका सचिव ओलीका अनुसार महासंघमा २९ राष्ट्रिय संघ, ४३ प्रतिष्ठान कमिटी र सात लाख ३५ हजार साधारण सदस्य आबद्ध रहेका छन् । 

441995864_963980438772445_5229257383077589550_n-1716091512.jpg

444760922_503206045365111_2091485623879642592_n-1716091512.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्