Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट खलङगाका तीन ओटा पसल शिल, सात पसललाई जरिवाना

आइतबार, जेठ ६, २०८१
tribeni2

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङगा बजारमा सञ्चालित तीन वटा पसल शिल गरिएको छ ।

आईतबार बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज बाँकेले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको समन्वयमा गरेको बजार अनुगमनको क्रममा कैफियत भेटिएपछि तीन वटा पसललाई शिल गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीका अनुसार पाउरोटी उद्योग, चाउमिन उद्योग र खाद्यन्न पसल गरी आठ वटा पसलहरु अनुगमन गरिएकोमा तीन वटा पसल शिल गरिएको हो । उहाँका अनुसार लोकेन्द्र पाउरोटी उद्योग, न्यू समिक्षा हाईजनिक बेकरी उद्योग र न्यू समिक्षा चाउमिन उद्योगलाई शिल गरिएको हो । यी पसलहरुमा आवश्यक कागजपत्र, नविकरण, अनुज्ञापत्र तथा सरसफाई नभएको अनुगमन समितिको भनाई छ । 

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका कार्यालय निरिक्षण अधिकृत विष्णु प्रसाद धितालले अनुगमन गरिएका आठ वटा पसल मध्य सातवटालाई जरिवाना गरिएको बताउनुभयो । उहाँले ५० हजार रुपियाँ जरिवाना र ३१ हजार ४९० रुपियाँ बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको जानकारी दिनुभयो । 

अनुगमनका क्रममा कैफियत भेटिएपछि न्यू समिक्षा हाईजनिक बेकरी उद्योगलाई १० हजार, लोकेन्द्र पाउरोटी उद्योगलाई १० हजार, न्यू कालिका डेरी एण्ड बेकरी कफी सपलाई १० हजार, न्यू समिक्षा चाउमिन उद्योगलाई पाँच हजार, आशा टे«डर्सलाई पाँच हजार, सृष्टि कोल्ड स्टोर एण्ड सप्लायर्सलाई पाँच हजार र बादी स्टोरलाई पाँच हजार रुपियाँ जरिवाना गरिएको निरिक्षण अधिकृत धितालले जानकारी दिनुभयो । न्यु केसी ईन्टरप्राईजेज एण्ड सप्लायर्सबाट केहि म्याद गुज्रेका सामाग्रीहरु जफत गरेर नष्ट गरिएको थियो । 

यस अघि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नियमित बजार अनुगमन हुने र कैफियत भेटिएका व्यवसायहरुलाई सुधारका लागि निर्देशन दिने गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्