Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक घरमा आगलागी हुँदा करिब २५ लाखको सामान क्षती

आइतबार, जेठ ६, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ माछिमीको एक घरमा आगलागी हुँदा करिब २५ लाख बराबरको सामान क्षती भएको छ । 

शनिबार राती स्थानीय गोर्खबहादुर केसीको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार बिद्युत सर्ट हुँदा केसीको घरमा आगलागी भएको हो । 

आगलागीबाट केसीको घरमा रहेको सुन, नगद, तामा र काँसका भाँडाकुडि, अन्नपात, लत्ताकपडा लगायत जलेर नष्ट भएका छन् । आगलागीबाट मानवियि क्षती भने भएको छैन । आगलागीबाट केसीको घर समेत जलेको छ । 

आगो लागेको करिब ३ घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा राती ११ बजे आगलागी नियन्त्रणमा लिइएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्