सोसल मिडिया
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी सात दिने तालिम सुरु भएको छ ।
सिस्ने गाउँपालिकाको आर्थिक सहयोग र सिभिल क्रियशन नेपाल प्रा.लि. कपिलवस्तुको आयोजनामा आईतबारदेखी तालिम सुरु भएको हो ।
आज एक कार्यक्रमका बचि सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले तालिमको उद्घाटन गर्नुभएको छ । सीप विकास मार्फत आयआर्जन बृद्धिमा टेवा पुर्याउने अपेक्षाका साथ तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा गाउँपालिकाका सबै वडाबाट १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
तालिम लिएका व्यक्तिहरुको अभिलेख राखेर भोलिका दिनमा स्थानीयस्तरमा हुने विकास निर्माणको काममा प्राथमिकता दिने सोच गाउँपालिकाको रहेको अध्यक्ष रेग्मीले बताउनुभएको छ ।
तालिममा भूकम्पबाट सुरक्षित आवास निर्माण सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरेर सीप सिकाईने बताईएको छ । सहभागीहरुलाई गारो, पिलरवाला घरको भूकम्प प्रतिरोधी भवन र संरचना निर्माण अन्तर्गतका बिषयवस्तुमा केन्द्रित रहेर तालिम सहजिकरण गरिने गाउँपालिकाका ईन्जिनियर कर्णबहादुर केसीले जानकारी दिनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, योजना शाखा प्रमुख अरुण कुमार ओली, आर्थिक प्रशासन शाखा प्रमुख ठकेन्द्र खत्रीको आथित्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन पूर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर कर्ण बहादुर के.सी.ले गर्नुभएको थियो ।