ओढारबाट ११ नाल भरुवा बन्दुक बरामद

आइतबार, जेठ ६, २०८१

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले ११ नाल अवैध भरुवा बन्दुक फेला पारेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार शनिबार राती भूमे गाउँपालिका ५ उपल्लो साकिमबाट ११ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको हो । 

प्रहरी टोलीले गस्ती गर्ने क्रममा साकिमको भेडाखर्क सामुदायिक वनको ओढारमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले बन्दुक फेला पारेको हो । 

फेला पारेका बन्दुकहरु रित पूर्वक बरामद गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको कार्यालयको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्