Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वन क्षेत्रमा बनाईएका भूकम्प प्रभावितका शौचालय हटाईयो

सोमबार, जेठ ७, २०८१
tribeni2

रुकुम पश्चिम । डिभिजन वन कार्यालय रुकुम पश्चिमले वन क्षेत्रभित्र बनाईएका शौचालय हटाएको छ । 

आठविसकोट नगरपालिका –१३ स्थित उनिकोट सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएका पक्कि शौचालय हटाईएको हो । 

डिभिजन वन कार्यालयका प्रमुख शेर बहादुर परियारका अनुसार वन क्षेत्र अतिक्रमण गरेर बनाईएका चार वटा पक्कि शौचालय हटाईएको हो । 

सोहि स्थानमा भूकम्प प्रभावितहरु अस्थायी टहरा बनाएर समेत बसेका छन् । वन क्षेत्रमा पक्कि संरचना (शौचालय) बनाउन थालिएपछि हटाईएको डिभिजन प्रमुख परियारले जानकारी दिनुभयो । 

वन क्षेत्रमा भएको अतिक्रमण नियन्त्रणका लागि डिभिजन वन कार्यालयबाट खटिएको कर्मचारीहरुको टोलीले  नेपाल प्रहरीको समन्वयमा शौचालय हटाएको हो । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्