Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
खोप अभियान

रुकुम पश्चिमका दश हजार बालबालिकालाई ‘आईपिभी’ खोप लगाईने

दुई चरणमा खोप लगाईने
मंगलबार, जेठ ८, २०८१
tribeni2

रुकुम पश्चिममा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको ‘आईपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ ।

खोप अभियान सफल पार्नका लागि स्वास्स्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जिल्ला तथा पालिका स्तरमा विभिन्न छलफलहरु गरिरहेको छ । 

यस बारेमा जिल्ला खोप समन्वय समितिको बैठकले समेत खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिनेछ । 

पहिलो चरणको खोप चौरजहारी नगरपालिकामा सञ्चालन हुनेछ । जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारीमा खोप अभियान सञ्चालन हुनेछ भने जिल्लाका अन्य पाँच पालिकामा जेठ २० देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन गरिनेछ ।

सूचना अधिकारी ओलीले जिल्लाभरमा करिब १० हजार १६९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । चौरजहारी नगरपालिकाका एक हजार ९६०, मुसीकोट नगरपालिकाका दुई हजार ३३७, आठविसकोट नगरपालिकाका दुई हजार ४४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाका एक हजार ३१८, त्रिवेणी गाउँपालिकका एक हजार ७१ र सानीभेरी गाउँपालिकाका एक हजार ४३९ जना बालबालिकालाई खोप लगाईने सूचना अधिकारी ओलीले जानकारी दिनुभयो । 

स्वास्थ्य सेवा कार्यालयका अनुसार विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका बालबालिकाहरु सबैलाई खोप लगाईने छ । यसका लागि स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र सञ्चालन हुने छ । जिल्लाभर २९३ वटा खोप केन्द्र, २७८ जना खोप कार्यकर्ता र ३९८ जना स्वयम्सेवक परिचालन गरेर यो अभियान सफल पार्ने तयारी स्वास्थ्य सेवा केन्द्रको रहेको छ । 

WhatsApp-Image-2024-05-21-at-09.33.47_fbdce80b-1716264130.jpg
खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालकिाहरुले यो खोप नपाएकोले खोप अभियान प्रारम्भ हुन लागेको हो । सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताईन्छ ।

सोमबार भएको जिल्ला खोप समन्वय समितिको बैठकमा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले खोप अभिायानलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि जिल्लास्थित सबै पालिका, अस्पताल, स्वास्थ्यचौकी, विद्यालयहरु, सञ्चारकर्मीहरु सबैसँग सहकार्य गरेर अभियान सफल बनाउनुपर्ने जनाउनुभयो । 

प्रमख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सबैको सकारात्मक पहलकदमीले खोप अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खोपबाट लक्षित वर्गका बालबालिकाहरु छुट्न नहुनेतर्फ सचेत रहन आग्रह समेत गर्नुभयो । 

जिल्ला खोप समन्वय समितिको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिक, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेल, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. केहलविक्रम जिसी, शिक्षा तथा समनव्य ईकाईका प्रमुख तारा प्रकाश पुन, साझा मुराल असपताल प्रालिका प्रबन्ध निर्देशक डा. दिपक पुन लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्