रुकुमका बमबहादुर सगरमाथाको चुचुरोमा

मंगलबार, जेठ ८, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१० अर्माडाँडाका बमबहादुर बि.क.ले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ ।

 उहाँले आईतबार बिहान ५ः५७ बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिनुभयो । आरोहि बमहादुरले ‘हामी पनि सक्छौ’ भन्ने मुल उद्धेश्यसहित सामाजिक, आर्थिक, राजनैतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । 

बमबहादुरले संविधानले नै जातिय रूपमा छुवाछुत जघन्य अपराधको रूपमा स्विकार गरेको परिपेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय समान हुन भन्ने राष्ट्रव्यापी सन्देश दिन खोजिएको उल्लेख गर्नुभयो ।  

बमबहादुर निजामती कर्मचारी समेत हुनुहुन्छ । उहाँ हाल काभ्रेको खानीखोला गाउँपालिकामा नायब सुब्बा (लेखापाल) पदमा कार्यरत हुनुहुन्छ । 

उहाँले केही समय अघि मात्र दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्नुभएको थियो । यो हिमाल आरोहण गर्ने उहाँ पहिलो नेपाली निजामती कर्मचारी समेत हुनुहुन्छ ।

यसका साथै उहाँले यसअघि मनास्लु हिमाल र लोवुचे पिकको सफल आरोहण गरिसक्नुभएको छ । २०७६ को भदौ ९ गते मनास्लु र २०७८ मा लोवुचे पिकको आरोहण गर्नुभएको थियो । 

सन् २०१९ कै सिजनमा सगरमाथा आरोहण गर्ने तयारी गरेको तर कोरोाना महामारीका कारण आरोहण बन्द गरिएपछि अहिले आरोहन गरेको बमबहादुरले जनाउनुभयो । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्