Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोलाबाङमा नगर अस्पताल भवन निर्माण हुँदै 

मंगलबार, जेठ ८, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलबाङमा मुसिकोट नगर अस्पतालको भवन निर्माण सुरु भएको छ । 

भवनको एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले शिलान्यास गर्नुभएको छ । भवन शिलान्यसपछि नगर प्रमुख केसीले ग्रामिण क्षेत्रका जनतालाई पायक पर्नेगरी सोलाबांगमा नगर अस्पताल भवन बनाउन थालिएको बताउनुभयो ।

उहाँले नगरवासीलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नगर सरकार लागिपरेको जनाउनुभयो । 

नगर अस्पताल १५ शैयाको हुने बताईएको छ । एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत उक्त अस्पताल भवन निर्माण हुन थालेको हो । 

लामो समयसम्म उपर्युक्त स्थानमा जग्गा उपलब्ध नहुँदा नगर अस्पताल भवन निर्माणको काम अघि बढ्न सकेको थिएन । 

भवन निर्माण समितिका अध्यक्ष शंकर शर्माले जतिसक्दो चाँडो भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम सुरु गरिएको बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्