नव प्रवेशी शिक्षकहरुलाई सेवाकालिन तालिम

बुधबार, जेठ ९, २०८१

रुकुम पूर्व । शिक्षक सेवा आयोगबाट आर्थिक वर्ष ०८०/८१ मा स्थायी शिक्षकको रुपमा सिफारिस भई रुकुम पूर्वमा नियुक्त भएका शिक्षकहरुका लागि सेवाकालिन तालिम सञ्चालन गरिएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वले रुकुमकोटमा मंगलबारदेखि पाँच दिने सेवाकालिन तालिम सुरु गरेको हो । तालिम पाँच दिनसम्म सञ्चालन हुने इकाई प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा प्राथमिक तहका १६ जना, निम्न माध्यमिक तहका तीन जना र माध्यमिक तहका चार जना गरेर २३ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

तालिमका शिक्षाका विद्यामान ऐन तथा कानूनहरु, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, शिक्षक सेवा आयोग नियामावली, पाठ्यक्रम, शैक्षणिक योजना, सिकाइ सहजिकरण, पेशागत विकास, बिद्यार्थी मूल्यांकन, सिकाइ मूल्यांकन, सहयोग तथा अन्तरसम्बन्ध लगायतका बिषयमा सहजिकरण गरिने इकाई प्रमुख गौतमले जानकारी दिनुभयो । 

तालिमको सहजिकरण इकाई प्रमुख तिलक गौतम, पूर्व शिक्षा तालिम केन्द्र संयोजक चन्द्रबहादुर मल्ल, सिस्ने शिक्षा क्याम्पसका प्रमुख तिब्र गौतम, शिक्षकहरु हेमा बुढा र हरिबहादुर थापा, नेपाल शिक्षक महासंघका अध्यक्ष मान बहादुर बस्नेत, प्राविधिक सहायक अनिल कुमार थारु लगायतले गर्नुहुने बताईएको छ । 

6aca91b3-69c0-4dd2-bc92-0f52dbfe8e92-1716349739.jpeg
तालिमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, उप प्रमुख मोहन बहादुर केसी, पूर्व शिक्षा तालिम केन्द्रका संयोजक चन्द्रबहादुर मल्ल, सिस्ने शिक्षा क्याम्पसका प्रमुख तिब्र गौतम, नेपाल शिक्षक महासंघका अध्यक्ष मानबहादुर बस्नेत लगायतको आतिथ्यता रहको थियो ।

इकाई प्रमुख गौतमको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन प्राविधक सहायक अनिल कुमार थारुले गर्नुभएको थियो । तालिम जेठ जेठ १२ गतेसम्म सञ्चालन हुने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्