Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिन मनाउने खर्चले १०५ बिद्यार्थीलाई शैक्षिक सामाग्री

बुधबार, जेठ ९, २०८१
tribeni2

रुकुम पश्चिम । जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौटी गरेर बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -३ निवासी देव बहादुर ओलीले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । उहाँ हाल जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा खरिदार पदमा कार्यरत हुनुहुन्छ । 

ओलीले आफूले अक्षाम्भ गरेको र सेवा गरेको स्थानीय जनहित आधारभूत विद्यालय माछिमीमा रहेका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो । 

जन्मदिन मनाउने खर्च कटाएर आफूले पढेको र पढाएको विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको ओलीले बताउनुभयो । उहाँले यस विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्नुभएको थियो भने साढे पाँच वर्ष पढाउनुभएको थियो । 

उक्त विद्यालयमा रहेका १०५ जना बिद्यार्थीहरुलाई ओलीले कापी, कलम, इरेजर, मार्कर, डस्टरसँगै खेलकुद सामाग्रीहरु भलिबल, नेट लगायतका सामाग्री वितरण गर्नुभएको हो । आफूले पढेको र सेवा गरेको विद्यालयमा पुगेर सहयोग गर्न पाउँदा आफूलाई समेत गर्व लागेको ओलीले बताउनुभयो । उहाँले अनावश्यक र फजुल खर्च गर्नुभन्दा बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध मनासिब ठानेर जन्मदिनमै दिनमा सहयोग हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

5d6fe16c-3fbe-4e96-9fda-69fc169b8059-1716378866.jpegबुवा हरिबहादुर ओली, आमा लिला ओलीसँगै विद्यालय पुगेर उहाँले सहयोग हस्तान्तरण गर्नुभएको हो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमबहादुर खत्री, विद्यालय व्यस्थापन समितिका अध्यक्ष हर्कबहादुर केसी ढकाल लगायत शिक्षक, कर्मचारी र बिद्यार्थीहरुको सहभागिता रहेको थियो । 

जन्मदिनको अवसरमा मानविय कार्य गरेको विद्यालयका प्रधानाध्यापक खत्रीले बताउनुभयो । उहाँले आफूले पढेको र पढाएको विद्यालयलाई सम्झेर जन्मदिनको दिनमा पवित्र  र उदाहरणिय कार्य गरेको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्