Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुपिण्डेदहमा डुबेर एक महिलाको मृत्यु

बिहीबार, जेठ १०, २०८१
tribeni2

सल्यानको कुपिण्डे दहमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका -८ मा रहेको पर्यटकियस्थल कुपिण्डे दहमा डुबेर आज बिहान   जिल्लाको शारदा नगरपालिका - ९ आरा मेल्टाकुरा बस्ने अन्दाजी ३१ वर्षकि कमला कँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।

उहाँका अनुसार उहाँ आज बिहान कुपिण्डे दहमा पुजा गर्न भनी आउनुभएको थियो ।

पुजा गर्न भन्दै तालमा गएको बेला डुबेर उहाको मृत्यु भएको हो । शवलाई पाेष्टमार्टमको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्