Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावितलाई पहिलो किस्ताकै रकम पुगेन, दोश्रो किस्ताको लागि आएको ४० करोड थन्कियो

अस्थायी आवास निर्माणको रकम तत्काल उपलब्ध गराउन रुकुमका जनप्रतिनिधिहरुको माग
शुक्रबार, जेठ ११, २०८१
tribeni2

रुकुम पश्चिमका जनप्रतिनिधिहरुले भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणको अनुदान रकम तत्कालै उपलब्ध गराईनुपर्ने बताउनुभएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी प्रतिनिधि सभा सदस्य जनार्दन शर्मासहित स्थानीय तहका प्रमखुहहरुले भूकम्प गएको सात महिनासम्म पनि अस्थायी आवास निर्माणको रकम वितरण गर्न नसक्दा प्रभावितहरु झन् पीडित भएको बताउनुभएको छ । 

पूर्वमन्त्री समेत रहनुभएका शर्माले पहिलो किस्ताको अपुग रकम तत्काल माग गर्ने र प्राथमिकताको आधारमा दोश्रो किस्ताको रकम वितरण गरिनुपर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमै अस्थायी आवास निर्माणको रकम माग गर्न र वितरण गरिसक्न निर्देशन दिनुभयो । विपदलाई राजनीतिसँग जोड्न नहुने बताउनु हुँदै शर्माले सबैजना पुनर्निर्माणको तयारीमा सराकात्मक भएर लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

अस्थायी आवास निर्माणको अनुदान वितरण कार्यविधि तत्कालिन अवस्थामा सहज बनाईएतापनि पुनर्निर्माणका लागि तयार भएको कार्यविधि सजिलो नभएको उहाँले जानकारी दिनुभयो । निरन्तरको समन्वय र लगावको कारण हालै कार्यविधि तयार भैसकेको उहाँले बताउनुभयो । 

कार्यविधिमा पीडितका भवन निर्माणका लागि पाँच लाख अनुदान, प्रबलिकरणका लागि एक लाखको उल्लेख भएको जानकारी गराउनुहुँदै उहाँले जनशक्ति अभाव, नक्शा पास, सामाग्री अभाव लगायतका कारणले बिलम्ब हुने खतरा भएको जनाउनुभयो । 

कार्यक्रममा आठविसकोट नगरपालिका प्रमुख रबि केसीले लाभग्राहि कायम भएका मध्य ३०७ जनाले पहिलो किस्ताकै रकम नपाएको बताउनुभयो । बर्षायाम सुरु हुन लागेकोले चाँडै नै पहिलो र दोश्रो किस्ताको रकम उपलब्ध गराईनुपर्ने उहाँको माग छ । 

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले भूकम्पको कारण खानेपानी मुहानमा क्षति पुगेको, विद्यालय भवनहरु चर्केकोले त्यसतर्फ पनि ध्यान जानुपर्ने बताउनुभयो । 

441488523_439651335427420_1179313593185331407_n-1716554535.jpg
मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले पहिलो किस्ताकै रकम वितरण हुन नसक्नु दुखद पक्ष रहेको बताउनुभयो । उहाँले भूकम्पपछि घरहरुको जोखिमको मूल्यांकन हुन नसकेको समेत उल्लेख गर्नुभयो । 

बैठकमा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले लाभग्राहीहरुको सबै विवरण विपद् प्राधिकरणको पोर्टलमा राखिसकेको तर २४३ जनाले पहिलो किस्ता नै पाउन नसकेको बताउनुभयो । 

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले अस्थायी आवास निर्माणको रकम नपाउँदा खास पीडितहरुलाई समस्या बढिरहेको बताउनुभयो । बिष्टले बर्षायाममा थप विपदका घटना हुनसक्ने भएकोले सबैजना सामना गर्नको लागि तयारी हुनुपर्ने जनाउनुभयो । 

444762296_439651432094077_506470077174903238_n-1716554538.jpg
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हालसम्म ३२ हजार ९९६ जना लाभग्राहीको लागि पहिलो किस्ताको रकम सम्बन्धित स्थानीय तहमा पठाईसकिएको छ । दुई हजार दुई जना लाभग्राहीको लागि पहिलो किस्ताको रकम अपुग रहेको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले उक्त रकम माग गरिसकेको र दोश्रो किस्ताको लागि भनेर ४० करोड रुपियाँ प्राप्त भएको जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्