Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १२ का दुई वर्ष : उत्साहजनक विकास, प्रशंसणीय सामाजिक कार्य

शनिबार, जेठ १२, २०८१
tribeni2

रुकुम पश्चिम । जेठ १२ गते मुसिकोट नगरपालिका वडा नम्वर १२ का जनप्रितिनिधिहरुले पदभार ग्रहण गरेको दुई वर्ष पुगेको छ ।

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट वडामा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दुई वर्ष पुगेको अवसरमा वडाले आज दुई वर्षको प्रगति विवरण सार्वजनिक गरिएको हो । 

वडा अध्यक्ष धिरण सिर्पालीले सार्वजनिक गर्नुभएको कार्यसम्पादन विवरण अनुसार वडामा विकासको गति उत्साहजनक र सामाजिक कार्य प्रशंसालायक रहेको बताईएको छ । 

वडा अध्यक्ष सिर्पालीले पाँच वर्षमा लिईएका लक्ष्यहरु दुई वर्षमै ४५ प्रतिशत पुरा गरेको जानकारी दिनुभयो । यस अवधिमा वडाले सडक, खानेपानी, गोरेटो बाटो, विद्यालय, मन्दिर, सुत्केरी स्याहार, पशु, कृषि लगायतका क्षेत्रको उल्लेख्य प्रगति गरेको छ।

वडा अध्यक्ष सिर्पालीले सार्वजनिक गर्नुभएको विवरण अनुसार जसअनुसार १० किलोमिटर सडक स्तरोन्नति गरिएको छ भने ५.४ किलोमिटर नयाँ सडक निर्माण र १.४ किलोमिटर पिसिसि गोरेटो बाटो निर्माण गरिएको छ ।

त्यसैगरी २८० घरधुरीमा खानेपानीको व्यवस्था, १७७ घरधुरीमा सिँचाइको सुविधा, विद्यालयमा १५ वटा कक्षा कोठा, ४ वटा सामुदायिक भवन र २ वटा मन्दिर निर्माण भएका छन् ।

२ वटा खेलकुद तथा सम्मान कार्यक्रम, ५० जना सुत्केरीलाई स्याहार खर्च वितरण, ३२ जना मुटु, मिर्गौला तथा दीर्घ रोगीलाई स्वास्थ्य बिमा, १०८ कृषकलाई बिउ वितरण, ३४ पशुको बिमा, १४२ जना ज्येष्ठ नागरिक, सहिदका परिवार, बेवारिसे विपन्न परिवारलाई सम्मान, चार हजार २५७ जनालाई आधारभूत स्वास्थ्य सेवा र ८९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी सेवा प्रदान गरिएको वडा अध्यक्ष सिर्पालीले उल्लेख गर्नुभयो ।

त्यसैगरी वहुक्षेत्रिय पोषण कार्यक्रमबाट हजार दिने ७३ जना आमालाई कुखुरा वितरण, १६६ जनामा कोभिडको एन्टिजेन परीक्षण, ८२७ जनालाई कोभिड खोप, २०१ बच्चालाई मासिक खोप, ३६२ जना बालबालिकाको रक्त समूह पहिचान, ६५ जना सुत्केरीसँग घरभेट जाँच, १६८ जनालाई परिवार नियोजनका साधन प्रदान गरिनुका साथै ३५ जना दुई वर्ष मुनिका बालबालिकाको तौल मापन समेत गरिएको छ । 

यसका साथै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका कार्यक्रमका बारेमा समेत जानकारी गराइएको थियो । वडाले चालु आर्थिक वर्षको हालसम्म तीन लाख २५ हजार ६०३ रुपियाँ राजश्व सङ्कलन गरेको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो ।

वडा सचिव देवीलाल पुनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता वडाध्यक्ष धिरण सिर्पालीले गर्नुभएको थियो भने वडा सदस्य छैमा विकले स्वागत राख्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, राजनीतिक दल, विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको उपस्थिति रहेको थियो । 

WhatsApp-Image-2024-05-25-at-20.22.56_42f701fd-1716647955.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्