आमाको स्मृतिमा विद्यालयमा अक्षयकोष खडा, बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

शनिबार, जेठ १२, २०८१

रुकुम पूर्वका भूमे गाउँपालिका -६ महतमा रहेको जनजागृती माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा कार्यरत शिक्षिका गंगा बुढाथोकी र उहाँकी बहिनी पार्वती बुढाथोकीले आफ्नी ममतामयी आमा लक्ष्मीदेवी बुढाथाकीको सम्झनामा एक लाख १११ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । 

सिस्ने गाउँपालिका -५ टाकुरा घर निवासी लक्ष्मीदेवी अष्ट्रेलिया गएको बेला ६७ वर्षको अल्पायुमै हृदयघातका कारण निधन भएको थियो । स्वर्गवासी आमाको सम्झनामा दुई बहिनी छोरीहरु मिलेर अक्षयकोष बनाईएको छोरी गंगाले बताउनुभयो ।

उहाँका अनुसार अक्षयकोषबाट प्राप्त हुने व्याज रकमले सोहि विद्यालयको कक्षा ९ मा अध्ययनरत एक जना छात्र र एक जना छात्रालाई हरेक बर्ष छात्रबृत्ति प्रदान गरिने लक्ष्य राखिएको छ । यस कार्यले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई अध्ययनमा टेवा पुग्ने उहाँको भनाई छ  ।

442481648_2431393910585199_7804430819270794626_n-1716650966.jpg
आमाको वार्षिक पुण्य तिथिका दिनमै छोरीहरु गंगा, पार्वती र यशोदा बुढाथोकी मिलेर सोहि विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री लगायतका सामान वितरण गर्नुभएको छ ।

विद्यालयका शिक्षिका सिर्जना थापाका अनुसार बाल विकास कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको हो । शिक्षिका थापाले २६० जना बिद्यार्थीहरुलाई कापी, कलम र बिस्कुट वितरण गर्नु भएको जानकारी दिनुभयो । स्वर्गिय बुढाथोकीका सात बहिनी छोरी हुनुहुन्छ । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्