Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
गणतन्त्र दिवस

गणतन्त्र दिवसको अवसरमा बराहाटाकुरा सरसफाई

साँझमा दिप प्रज्वलन, भोली प्रभातफेरि
सोमबार, जेठ १४, २०८१
tribeni2

रुकुम पश्चिम । १७ औ गणतन्त्र दिवसको अवसरमा रुकुम पश्चिममा सरसफाई कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समितिको अगुवाईमा मुसिकोट नगरपालिका –१ स्थित बराहाटाकुरामा सरसफाई गरिएको हो । 

गणतन्त्र दिवसलाई तीन दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउने क्रममा आज बिहान सरसफाई कार्यक्रम सम्पन्न गरिएको गणतन्त्र दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुका सबै सरकारी कार्यालय एवम् विभिन्न निकायहरुमा दिप प्रज्वलन गरिने कार्यक्रम रहेको छ भने भोली गणतन्त्र दिवसको दिन प्रभातफेरि कार्यक्रमसँगै एक औपचारिक कार्यक्रम आयोजना गरिएको छ । 

प्रमुख गौतमले २०६५ साल जेठ १५ गते संविधान सभाको ऐतिहाँसिक पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र कार्यान्वयनको लागि सबै तह र तप्काबाट सकारात्मक पहल हुनुपर्ने बताउनुभयो । नेपाली जनताको असाधारण बलिदानीपूर्ण संघर्षको प्रतिफल गणतन्त्र भएकोले यो व्यवस्थाबाट मूलुकको आमूल परिवर्तन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, उप प्रमुख देवबहादुर बिक, मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुन,  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नवराज पोखेरल, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर, नेपाल रेडक्रस सोसाईटीका सभापति रमा गौतम, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु लगायतको सहभागिता रहेको थियो । 

WhatsApp-Image-2024-05-27-at-08.22.02_4fc216bd-1716778263.jpg

WhatsApp-Image-2024-05-27-at-08.22.01_baa03fa8-1716778255.jpg

WhatsApp-Image-2024-05-27-at-08.22.01_a6f49f0e-1716778254.jpg

WhatsApp-Image-2024-05-27-at-08.22.01_244fcfae-1716778208.jpg

WhatsApp-Image-2024-05-27-at-08.22.00_1cea413e-1716778204.jpg

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्