गृहको मूल्याङ्कनमा रुकुम पश्चिम र रोल्पा प्रशासन फेरि उत्कृष्ट

सोमबार, जेठ १४, २०८१

रुकुम पश्चिम । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र रोल्पा उत्कृष्ट भएका छन् । 

आर्थिक वर्ष ०८१/०८२ को पहिलो, दोश्रो र तेस्रो त्रैमासिकमा यी दुबै जिल्ला लगातार समान अंकका साथ देशभरबाट उत्कृष्ट भएका हुन् । 

कार्यसम्पादन मूल्याङ्कनको तेस्रो त्रैमासिकसम्म आईपुग्दा रुकुम पश्चिम र रोल्पाले समान ६४.५ अंक प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार हालै गृह मन्त्रालयले तेस्रो त्रैमासिकको कार्य सम्पादन मूल्याङ्कनको अंक सार्वजनिक गरेको हो । 

रुकुम पश्चिम र रोल्पा प्रशासनले पहिलो त्रैमासिकमा २९.५, दोश्रो त्रैमासिकमा १८ र तेस्रो त्रैमासिकमा १७ अंक प्राप्त गरेका छन् । यी दुबै जिल्ला देशभरका जिल्ला प्रशासनहरु मध्य कार्य सम्पादनमा उत्कृष्ट रहेका हुन् । 

गृह मन्त्रालयले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत कार्यसम्पादन गरेको आधारमा मूल्याङ्कन गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्