सोसल मिडिया
सल्यान / नेकपा (एमाले) सल्यानले जिल्लाका १० स्थानीय तह मध्य ९ वटा स्थानीय तहमा मंगलबार प्रथम गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट ९ ओटै पालिकामा सर्वसम्मत रुपमा नयाँ कमिटि गठन गरेको छ ।
अधिवेशन गर्न बाँकि बनगाड कुपिण्डे नगरपालिकामा कार्तिक १४ गते अधिवेशन गरिने एमाले सल्यानले जनाएको छ । नयाँ नेतृत्व चयन गरिएका पालिकाहरुको प्राप्त विवरण निम्नानुुसार रहेको छ ।
बागचौर नगरपालिका : यस नगरपालिकाको अध्यक्षमा घनश्याम शर्मा, उपाध्यक्षमा उपेन्द्र वलि, सचिवमा मोहन चन्द, उप सचिवमा भुपिन भण्डारी र शोभाराम भण्डारी चयन हुनुभएको छ । यहाँ ७५ सदस्यीय नगर कमिटि बनेको बताईएको छ ।
शारदा नगरपालिका : यस नगरपालिकामा पनि ७५ सदस्यीय कमिटि बनाईएको छ । जसको अध्यक्षमा मधुसूदन शर्मा, उपाध्यक्षमा राम बहादुर भण्डारी, सचिवमा महेश देवकोटा, उप सचिवमा सुरेन्द्र बुढा र रहनुभएको छ ।
कालिमाटी गाउँपालिका : जिल्लाको कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्षमा, वीर बहादुर वली उपाध्यक्षमा, वेल बहादुर चन्द सचिवमा, सुमित्रा राना र मिलन वलि उप सचिव सहित ७३ सदस्यीय कमिटि गठन गरिएको छ ।
कपुरकोट गाउँपालिका : यस गाउँपालिकामा दोर्ण ब केसी अध्यक्ष, ललिता गिरि उपाध्यक्ष, रुपक बुढा सचिव, इश्वर बुढा र रुपलाल बुढाथोकी उप सचिव सहित ६१ सदस्यीय कमिटि चयन गरिएको छ ।
त्रिवेणी गाउँपालिका : यस गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान सचिव, मंगल रेउले र कुन्ता योगी उप सचिवमा चयन हुनुभएको छ । यहाँ ६१ सदस्यीय कमिटि बनाईएको छ ।
छत्रेश्वरि गाँउपालिका : ६७ सदस्यीय यस गाउँपालिकाको अध्यक्षमा ज्ञान ब खडका, उपाध्यक्षमा डुम ब केसी, सचिवमा देवराज घर्ती, उप सचिवमा बसन्त वलि चयन हुनुभएको छ ।
कुमाख गाँउपालिका : यस गाउँपालिकामा भैरव बहादुर शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, तारा बहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द उप सचिव सहित ७० सदस्यीय कमिटि बनाईएको छ ।
शिद्दकुमाख गाउँपालिका : यस पालिकामा पुष्पा कुमारी बोहरा अध्यक्ष, गोविन्द रेउले उपाध्यक्ष, लिल बहादुर रोका सचिव, गिर्दल रावत र विरेन्द्र बोहरा उप सचिव सहित ६९ सदस्यीय कमिटि बनाईएको बताईएको छ ।
दार्मा गाउँपालिका : यस गाउँपालिकाको अध्यक्षमा बल बहादुर वलि, उपाध्यक्षमा गणेश बुढाथोकी, सचिवमा दिपक रोका, उप सचिवमा भावना वलि र दिपक परियार सहित ६५ सदस्यीय कमिटि चयन भएको नकेपा एमाले सल्यानले जनाएको छ ।