Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बागचौर नगरपालिकामा बाख्रापालन सम्बन्धि तालीम सम्पन्न 

बिहीबार, जेठ १७, २०८१
tribeni2

सल्यान । सल्यान जिल्लाको बागचौर नगरपालिकामा बाख्रापालन सम्बन्धि तालिम सम्पन्न भएको छ । बिहीबार इन्फिनिटि लघुवित्तले बागचौर नगरपालिका स्थित  ग्रिन स्टार होटलको हलमा उक्त तालिम सम्पन्न भएको हो । 

तालिममा जिल्लाका विभिन्न ६ वटा स्थानीय तहका ७२ वटा समुहका सदस्यहरूको उपस्थिति रहेको इन्फिनिटि लघुवित्तका शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो 

तालिमको प्रमुख प्रशिक्षकको रूपमा भेटेनरी डाक्टर कृष्णप्रसाद पौडेल रहनुभएको थियो । डाक्टर पौडेलले बाख्राको स्थानीय जातहरुको बारेमा जानकारी, बाख्राको आहार व्यवस्थापन, खोर व्यवस्थापन लगायत बाख्रामा लाग्ने रोग तथा उपचार विधिको बारेमा जानकारी गराएको बताइएको छ ।  तालिममा सहभागी सदस्यहरूमा प्रमाणपत्र समेत वितरण गरिएको छ ।  

देविका शर्माको अध्यक्षता र केन्द्रीय कार्यालयका भेटेनरि डाक्टर कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त तालिमको सन्चालन भने  शाखा प्रमुख लक्ष्मण शाहीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्