मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाईते

बिहीबार, जेठ १७, २०८१

सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन ।

सदरमुकाम खलंगा बाट श्रीनगर आउदै गरेको भे १ ख ११८५ नम्बरको पिकअप भ्यान र श्रीनगरबाट खलंगा जाँदै गरेको रा ७ प १२९६ नम्बरको मोटरसाइकल दिउँसो १२ बजे जिल्ला अस्पताल नजिकै एक आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन ।

दुर्घटनामा मोटरसाइकल चालक संजय केसी गम्भीर घाइते भएका छन ।  मोटरसाइकल पछाडि सवार प्रतिभा खड्का सामान्य घाईते भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जानकारी दिएको छ । केसीको दायाँ खुट्टामा र हातमा गम्भीर चोट लागेको छ ।

केसीलाई थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ भने खड्काको अवस्था सामान्य रहेको छ । मोटरसाईकल चालक केसी सल्यान शारदा नगरपालिका अन्तर्गत पशुशाखामा कार्यरत छन । दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्