सानीभेरीका शिक्षकहरुलाई क्षमता विकास तालीम

शुक्रबार, जेठ १८, २०८१

रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका भित्रमा शिक्षकहरुकाे लागि इमिस सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

सानीभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा दुई दिने तालिम भएको हाे ।तालीममा गाउँपालिका भित्रका बालविकास देखि माध्यमिक तहसम्मका विद्यालयबाट एक एक जनाका दरले चालीस जनाकाे सहभागी रहेकाे थियाे ।

तालिम सहजीकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल सिं विष्ट, प्राविधिक सहायक प्रेम बहादुर विष्ट, स्राेत शिक्षक शसिराम विश्वकर्माले गर्नुभएको  थियाे । इमिस अनलाइन मार्फत भरिने भएकोले यसबारे सम्पुर्ण जानकारी सहभागीहरुलाई गराईएको छ ।
सहभागी शिक्षक हरिभक्त भण्डारी र लक्ष्मी मल्लले तालिम फलदायी र उपयाेगी रहेकाे र बेलैमा काम सक्ने सीप सिकेकाे बताउनु भयाे ।

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टकाे अध्यक्षतामा भएको तालिममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपाल सिं विष्टकाे प्रमुख आतिथ्यता रहेकाे थियो भने स्राेत शिक्षक शसिराम विश्वकर्मा आतिथ्यता रहेकाे थियो । तालिमकाे सञ्चालन प्राविधिक सहायक प्रेमबहादुर विष्टले गर्नुभएको  थियाे।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्