Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
अक्षयकोष स्थापना

बुवाको सम्मान र आमाको स्मृतिमा अक्षयकोष स्थापना

शनिबार, जेठ १९, २०८१
tribeni2

रुकुम पश्चिम ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ कि सिर्जना शर्माले  आफ्नो बुवाको सम्मानमा र दिवङ्गत आमाको स्मृतिमा  सिर्जना, नारायण त्रिपुरा (सिनात्रि) अक्षयकोष स्थापना गर्नुभएको छ । 

शर्माले आफुले अध्ययन गरेको पशुपति माध्यामिक विद्यालय रातामाटामा बुवा नारायणप्रसाद शर्माको सम्मान र आमा स्वर्गीय त्रिपुरादेवीको स्मृतिमा एक लाख एक हजार एक सय एघार रुपैयाँको सिर्जना, नारायण त्रिपुरा (सिनात्रि) अक्षयकोष २०८१ स्थापना गर्नुभएको हो ।  

विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला होस् भन्ने विश्वासका साथ उक्त अक्षयकोष स्थापना गरिएको सिर्जनाले जानकारी दिनुभयो । उहाँका अनुसार  हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने एकएक जना छात्रा, छात्र र मुसिकोट नगरपालिकाभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने एकजना शिक्षक वा शिक्षिकालाई अक्षयकोषको लाभांशबाट प्राप्त हुने रकम वितरण गरिने छ ।
 
लामो समय उक्त  विद्यालयमा शिक्षण पेशा अंगालेर सेवा निवृत्त हुुनुभएका नारायणप्रसादले आज उक्त अक्षयकोष वापतको रकम र अक्षयकोष संचालन कार्यविधि विद्यालयका प्रधानाध्यापक घनस्याम बुढाथोकीलाई  हस्तान्तरण गर्नुभएको हो ।  

उक्त कार्यक्रममा विद्यालयको पुस्तकालयका लागि सिर्जनाद्वारा पचास थान पुस्तक समेत स्कुललाई प्राप्त भएको विद्यालयका शिक्षक दामोदर शर्माले जानकारी दिनुभयो । साथै  विद्यालयमा सिर्जनाले गरेको उक्त लगानी निकै प्रभावकारी र लाभदायक रहने पनि शिक्षक शर्माले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्